श्री भद्रकाली माध्यमिक विद्यालयको सङ्क्षिप्त परिचयः
१. परिचयः
प्रजातन्त्रको उदय
सँगसँगै वि.सं. २००८ सालमा स्थापित प्रसिद्ध भद्रकाली मन्दिरको पूर्वतर्फ करिब २०
रोपनी जग्गामा सञ्चालित यो भद्रकाली माध्यमिक विद्यालय ज्यादै स्वच्छ वातावरण तथा
रमणीय स्थानमा अवस्थित छ । यस विद्यालयको नामकरण यस क्षेत्रको प्रसिद्ध भद्रकाली
मन्दिरको नामबाट रहन गएको हो । वि.सं. २०४१ सालमा माध्यमिक तहको स्वीकृत प्राप्त यस
विद्यालयले इतिहासको लामो आरोह र अवरोहलाई पन्छाउँदै यस क्षेत्रकै एउटा उत्कृष्ट
शैक्षिक गन्तव्यको रूपमा आपूmलाई चिनाउन सफल मात्र भएको
छैन, बरू शान्ति र स्थिर रूपमा आम पोखराबासीमा आधुनिक
शिक्षाको आलोक छर्दै गुणस्तरीय उच्च शिक्षाका अवसरलाई अत्यन्त सर्वसुलभ बनाई तमाम
विद्यार्थीहरूको क्षमता उजागर र विकसित गर्न र गुणस्तरीय जनशक्ति उत्पादन गर्न
हाम्रा आदरणीय अभिभावक तथा बुद्धिजीवी
शिक्षाप्रेमीहरूको सदीच्छा तथा सहयोग प्राप्त गर्दै आएको छ । शैक्षिक सत्र
२०६१ ÷२०६२ बाट यस विद्यालयले कक्षा ११ र १२ मा मानविकी,
शिक्षा र व्यवस्थापन (नेपाली तथा अङ्ग्रेजी) माध्यमबाट बिहानी कक्षा
र २०६९ सालदेखि दिवा समयमा विज्ञान समूहका कक्षा सञ्चालन हुँदै आएका छन् । यस
शैक्षिक सत्रदेखि कक्षा ११ र १२ का सम्पूर्ण कक्षाहरू दिवा समयमा सञ्चालन भएका छन्
।
योग्य अनुभवी
शिक्षकहरूको व्यवस्था गरी आधुनिक तथा वैज्ञानिक शिक्षण विधिबाट बढीभन्दा बढी
शैक्षिक सामग्रीहरूको प्रयोग गरी स्वच्छ, रम्य, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य रहको छ । हामी रोजगारमूलक, गुणस्तरीय, व्यवहारिक शिक्षामा जोड दिँदै स्वस्थ वातावरणमा
विद्यार्थीहरूको उज्ज्वल भविष्य, असल आचरण र कुशल व्यक्तित्व
निर्माणका लागि कटिबद्ध छौँ ।
१.१ ऐतिहासिक पृष्ठभूमि
प्रजातन्त्रको बिहानीको
उदय सँगसगै वि.सं. २००८ सालमा स्थापित प्रसिद्ध भद्रकाली माध्यमिक मन्दिरको
पूर्वतर्फ करिब २० रोपनी जग्गाको कम्पाउण्डमा सञ्चालित यो विद्यालय ज्यादै स्वच्छ
वातावरण तथा रमणीय स्थानमा अवस्थित छ । यस विद्यालयको नामाकरण यस क्षेत्रको
प्रसिद्ध भद्रकाली मन्दिरको नामबाट रहन गएको हो । वि.सं. २०४१ सालमा माध्यमिक
विद्यालय स्वीकृत विद्यालयले इतिहासको लामो आरोह र अवरोहलाई पन्छाउदै यस क्षेत्रमा
एउटा उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आपूmलाई चिनाउन सफल
नभएर शान्ति र स्थिर रूपमा आम पोखराबासीमा आधुनिक शिक्षाको आलोक छर्दै साथै
गुणस्तरीय उच्च शिक्षाका अवसरलाई अत्यन्त सर्वसुलभ बनाई तमाम छात्र÷छात्राहरूको क्षमता उजागर र विकसित गर्न तथा गुणस्तरीय जनशक्ति उत्पादन
गर्न हाम्रा आदरणीय अभिभावक तथा बुद्धिजीवी शिक्षाप्रेमीहरूको सदिच्छा तथा सहयोग
प्राप्त गर्दै आएको छ । शैक्षिक सत्र २०६०÷२०६१ बाट यस
विद्यालयले कक्षा ११ र १२ मानविकी, शिक्षा र व्यवस्थापन
नेपाली तथा अङ्ग्रेजी) माध्यमबाट बिहानी
कक्षा र २०६७ सालदेखि दिवा समयमा विज्ञान समूहका कक्षा सञ्चालन गर्दै आएको
छ भने यस शैक्षिक सत्रदेखि कक्षा ११ का सम्पूर्ण कक्षाहरू दिवा समयमा सञ्चालन
हुनेछन् । योग्य अनुभवी शिक्षकहरूको व्यवस्था गरी आधुनिक तथा बैज्ञानिक शिक्षण
विधिबाट शैक्षिक सामाग्रीहरूको प्रयोग गरी
स्वच्छ रम्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य रहको छ । हामी रोजगार
मूलक गुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिँदै स्वस्थ वातावरणमा
विद्यार्थीहरूको उज्ज्वल भविष्य, असल आचरण र कुशल व्यक्तित्व
निर्माणका लागि कटिबद्ध छौं ।
भद्रकाली माध्यमिक
विद्यालय पोखरा महानगरपालिका वडा नं.१३ कुँडहरमा रहेको सामुदायिक माध्यमिक
विद्यालय हो । हाल यस विद्यालयमा सुविधा सम्पन्न भवन, छात्रछात्राहरूका लागि
छुट्टाछुट्टै शौचालय, खानेपानी, खेलकुद मैदान तथा समय सापेक्ष आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई
सिकाई कार्य अगाडि बढाउन २ ओटा क्ष्ऋत् ल्याबको व्यवस्थापन गरिएको छ भने १० ओटा
कक्षा कोठामा ल्यापटपसहित प्रोजेक्टर जडान गरिएको छ । यसले विद्यालयको पठनपाठनमा
समयानकुल सुधार हुँदै गइरहेको छ । विद्यालयले अबको केही वर्षमा कास्की जिल्लाकै
अग्रणी विद्यालयको रूपमा स्थापित हुने लक्ष्य लिएर अगाडि बढिरहेको छ ।
पछिल्लो समय सामुदायिक
विद्यालयलाई आर्थिक रूपमा विपन्न, गरिब तथा पिछडिएका
समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयको रूपमा परिभाषित गरिंदै आइएको छ ।
सामुदायिक विद्यालयको पठनपाठन, विद्यार्थी अनुशासन तथा शिक्षक
अभिभावकको निस्क्रियताको कारण यसो भनिएको हो । विद्यालयमा अभिभावकको सव्रिmयता बढाउन तथा समुदायको विशेष अनुरोधलाई ध्यानमा राखेर यस विद्यालयले
कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा पनि पठनपाठन सञ्चालन गरेको छ । शैक्षिक गुणस्तर
सुधार गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ
कार्यकारी समिति, विद्यालयका शिक्षक तथा अभिभावक एवम्
सम्बन्धित सरोकारवालाहरूको प्रयास निरन्तर रहेको छ ।
यस विद्यालयमा हाल
कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । कक्षा १ देखि १२ सम्म दिवा सत्रमा
पठनपाठन भइरहेको छ । कक्षा ११÷१२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समूहका विषय पठनपाठन हुन्छन् । यहाँ ८०
जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । कक्षा ११ र १२ मा ५५० भन्दा बढी
विद्यार्थी अध्ययनरत छन् । कक्षा ११–१२ को
पठनपाठन सुरू भए यता विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । त्यसैगरी
दिवासत्रमा १३ सयभन्दा बढी विद्यार्थी
अध्ययनरत छन् । विद्यालयमा कार्यरत ४६ जना शिक्षक कर्मचारी निजी स्रोतबाट तलव
भत्ता खाने गरी कार्यरत रहेका छन् ।
विद्यालयको भौतिक
पूर्वाधार सुविधा सम्पन्न रहेको छ । हाल विद्यालय सञ्चालन रहेको स्थानमा चार ओटा
भवन छात्रछात्राको लागि छुट्टाछुट्टै शौचालय, क्यान्टिन
रहेका छन् । विद्यालयको भौतिक निर्माणमा २०६० सालमा पण्डित नारायणप्रसाद पोखरेलबाट
भागवत वाचन गर्न लगाई महायज्ञ सम्पन्न गर्दा उठेको आर्थिक रकमले ठुलो सहयोग गरेको
छ । त्यस्तै भारतीय दूतावासले पनि विद्यालयको भौतिक निर्माणमा योगदान दिएको छ ।
राष्ट्रिय भूकम्प प्राधिकरण, रोटरी क्लब अन्य निकायबाट
प्राप्त स्रोतबाट सुविधा सम्पन्न भवन निर्माण भएका छन् । निजी स्रोतबाट तलब भत्ता
खाने शिक्षक कर्मचारीको व्यवस्थापनका लागि हामीलाई निकै कठिनाई हुँदै आएको छ ।
देश संघीय
गणतन्त्रात्मक शासन प्रणालीमा गइसकेको छ । नेपालको संविधान २०७२ ले माध्यमिक
तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई जिम्मा दिएको छ । यस अवस्थामा
हामी भौतिक, शैक्षिक तथा आर्थिक पक्षमा उन्नतिको लागि
स्थानीय तहसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न प्रयासरत छौँ । पोखराको शिक्षा
क्षेत्रमा लामो इतिहास बोकेको यस विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय समन्वय र सहकार्यबाट अगाडि बढी
शिक्षाको गुणस्तर सुधारको क्षेत्रमा काम गर्दै आएको छ । यस क्षेत्रका अग्रज तथा
शिक्षासेवी महानुभावहरूको विद्यालयप्रतिको योगदानलाई सम्मान गर्दै अबका दिनमा
विद्यालयले प्राविधिक विषयको पठनपाठन गर्ने योजना बनाएको छ ।
१.२ विद्यालयको भौगोलिक
अवस्था
पोखरा महानगरपालिका
वार्ड नं. १३ स्थित प्रसिद्ध मन्दिर
भद्रकालीबाट पूर्वतर्फ केही मिनेटको हिँडाइपछि पुग्न सकिने यो विद्यालय लगभग २०
रोपनी जग्गामा अवस्थित छ । प्रशस्त खेल मैदान र आधुनिक भवनसँगै ज्यादै शान्त र
सुन्दर परिवेशमा यो विद्यालय रहेको छ । यहाँ हरेक बालबालिकाले अध्ययनका लागि
मर्यादित वातावरण प्राप्त गर्न सक्छन् ।
१.३ विद्यालयको सेवा क्षेत्र
पोखरा महानगरपालिका वडा
नं. १३ कुँडहरमा अवस्थित यस विद्यालय वरपर विभिन्न टोलहरमा दिनानुदिन बाक्लो हुँदै
गइरहेको छ । यस विद्यालयमा मादी गाँउपालिका, लम्जुङ जिल्ला,
छिमेकी वडाहरू १०, ११, १२
तथा काहुँ, लगायत बाग्लुङ जिल्लाबाट समेत विद्यार्थीहरू आउने
गर्दछन् । यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत ब्राम्हण, क्षेत्री,
तामाङ, नेवार, गुरुङ तथा
दलित जनजातिहरूको मिश्रित बसोबास छ । यस वडाका अधिकांश मानिसहरू मादी गाउँ पालिका
र लम्जुङ्ग जिल्लाको ग्रामीण भेगबाट बसाइँ सराइँ गरेर आएको पाइन्छ । धेरै जसो कामको खोजीमा र कतिपय आफ्ना
छोराछोरी पढाउने उद्देश्यले अरुको घरमा डेरा गरी बस्ने गरेका पाइन्छ । अधिकांश
मानिसहरू थोरै ज्यालामा भएपनि ज्यामी काम गरी दैनिक गुजारा चलाउँदै छोराछोरी
पढाइरहेका छन् । केही राष्ट्र सेवक कर्मचारी र केही रोजगारीको शिलशिलामा विदेश
गएका मानिसहरू, सेना, प्रहरी तथा
निजामतिमा कार्यरत अभिभावकका छोराछोरीहरू यस विद्यालयमा अध्ययनरत रहेका छन् ।
विद्यालय क्षेत्र वरपर विभिन्न जातजाति भेषभूषा, धर्मालम्बीका
व्यक्तिहरू बसोबास गर्दै आईरहेको भएता पनि सामाजिक संरचनालाई हेर्दा आपसी सद्भाव,
मिलनसार, सुसंगठित र सहअस्तित्वका आधारमा
मिलेर रहेको पाईन्छ । सबै अभिभावकहरूको विद्यालय प्रति सकारात्मक सद्भाव र सोच
रहेको पाईन्छ । विगत देखी नै विद्यालयलाई माया गरी आउनु भएका र वर्तमानमा वास्तविक
नभएका व्यक्तिहरूको समेत विद्यालय प्रतिको सद्भाव बलियो भएको देखिन्छ ।
१.४ शिक्षण सिकाइको माध्यमः
हाल यस श्री भद्रकाली
माध्यमिक विद्यालयमा आधुनिक र वैज्ञानिक विधिबाट शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन गराउँदै आइएको छ । श्रव्य, दृश्य
सामग्रीको प्रयोगबाट कक्षा शिक्षण प्रभावकारी र चाखलाग्दो गराइएको छ । प्रत्येक
कक्षाकोठामा डिजिटल प्रविधिको जडान गराउँदै लैजान योजना अनुरूप हाल १० ओटा कक्षामा
कम्प्युटर तथा प्रोजेक्टरको व्यवस्थापन गरिएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म
नै माध्यम भाषाका रूपमा नेपाली तथा अङ्ग्रेजी दुवै भाषाको प्रयोग गरिँदै आएको छ ।
विद्यालयमा विद्यार्थीमैत्री वातावरण सृजना गरिएको छ ।
0 Comments