आदरणीय
अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू सबैमा नमस्कार ।
यस
पवित्र भूमिमा हाम्रा सचेत अग्रजहरूले आजभन्दा करिब सात दशकअगाडि स्थापना
गर्नुभएको गौरवशाली संस्थाको सन्देश यहाँ र यहाँहरूका बालबालिकाहरू समक्ष राख्ने
सु–अवसर प्राप्त गर्न पाउँदा अत्यन्त खुसी र गर्वको महसुस भएको छ । श्री भद्रकाली
माध्यमिक विद्यालयमा सञ्चालित विविध कार्यक्रमका बारेमा आदरणीय अभिभावक तथा प्यारा
विद्यार्थी भाइबहिनीहरूलाई जानकारी गराउन चाहन्छुु । एउटा विशाल शैक्षिक मैदान
निर्माणको गन्तव्य बोकेर अगाडि बढेको यस विद्यालयप्रति हिजो पनि सम्पूर्ण
अभिभावकहरूको असिम माया र विश्वास थियो, आज पनि छ र भोलि पनि यस्तै सहयोगका हात र मनहरू
प्राप्त हुने विश्वास यहाँहरू समक्ष राख्न चाहन्छु । निसन्देह, हामी एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने एकलब्य अभियानमा
जुटिरहेका छौँ । प्रविधिको माध्यमबाट जीवन र समाज परिवर्तनको लक्ष्यमा इमानदारीका
साथ कटिबद्ध छौँ । वर्तमान समयको् मागलाई बुझेर यस संस्थालाई हरेक अभिभावक र
विद्यार्थीहरूको पहिलो रोजाइको केन्द्र बनाउन हर सम्भव प्रयास गर्दै आइरहेका छौँ ।
विद्यार्थीमा राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना
सिर्जना गराई नैतिकवान, अनशासित, स्वावलम्बी र सिर्जनशील
साथै चिन्तनशील भई समाज निर्माणमा योगदान दिन सक्ने नागरिक तयार गर्ने हाम्रो
पहिलो जिम्मेवारी हो । आजका बालबालिकाहरूमा कला,
सौन्दर्य, मानवीय मूल्य मान्यता, आदर्श र वैशिष्ट्यहरूको
संरक्षण तथा संबद्र्धनको भावना जगाई एउटा उत्तरदायी नागरिक निर्माण गर्ने दायित्व
पनि हाम्रो हो । २१ औं शताब्दीको शिक्षासँग हामी हाम्रा विद्यार्थीहरू
अभिभावकहरूलाई मितेरी लगाई समाज रूपान्तरण गर्ने यात्रामा सह यात्रा गर्न आतुर
रहेका छौँ ।
धन्यवाद
।
-
राजेन्द्र भण्डारी
प्रधानाध्यापक
भद्रकाली मावि, पोखरा-१३, कास्की
0 Comments