“गुणस्तरीय शिक्षाका लागि एउटै टिम, एउटै सपना”
गण्डकी प्रदेशको राजधानी पोखरास्थित भद्रकाली मन्दिरको पूर्वमा
अवस्थित भद्रकाली माध्यमिक विद्यालय वि.सं २००८ सालमा देशमा प्रजातन्त्रको उदयसँगै
स्थापित एउटा गौरवमय र इतिहास बनाएको विद्यालय हो । समाजसेवी तथा शिक्षाप्रेमी
व्यक्तित्व स्व.कृष्णप्रसाद र टेकबहादुर ढेवाजूको अतुलनीय योगदानको जगमा उभिएको यस
विद्यालयले आफ्नो स्थापनाकालदेखि नै अनेकौँ उज्याला र अँध्यारा पक्षहरूलाई चिर्दै
वर्तमान समयसम्म आइपुगेको छ । विभिन्न अवसर र चुनौतिका बिचबाट अझै कैयौँ माइलको
शैक्षिक यात्रामा विद्यालयलाई अगाडि बढाउनु पर्ने दायित्व आज समयले हाम्रो काँधमा
थपिदिएको छ । यस विद्यालयले वि.सं. २०२० सालमा एस.एल.सी. परीक्षामा पहिलेपटक
सहभागिता जनाएको थियो । शैक्षिक क्षेत्रमा एकपछि अर्को फड्को मार्दै अगाडि बढ्ने
व्रmममा विद्यालयले २०६१ सालदेखि कक्षा ११ को
बिहानी सत्रमा शिक्षा, मानविकी, व्यवस्थापनका कक्षा सञ्चालन गर्न
सुरु ग¥यो भने वि.सं. २०६९ देखि दिवा
सत्रमा विज्ञान सङ्कायको पठनपाठन सुरु गर्यो । विद्यालयलाई उच्च शिक्षाको गन्तव्य
बनाउने उद्देश्यले वि.सं.२०६६ सालबाट यसै विद्यालयको प्राङ्गणमा भद्रकाली बहुमुखी
क्याम्पसको स्थापना भई सञ्चालनमा आएको छ । शिक्षाको अवसरबाट कोही पनि छुट्न नपरोस्
भन्ने उद्देश्यले नियमित विद्यालय शिक्षाबाट टाढा हुन पुगेका बालबालिकालाई शिक्षा
दिनका लागि वि.सं. २०६६ सालदेखि आधारभूत तहका बालबालिकालाई लक्षित गरेर खुला
विद्यालयका कक्षाहरू सञ्चालनमा ल्याएका छौँ । वि.सं. २०६९ देखि स्वास्थ्य
विज्ञानमा सिटिइभिटीबाट १० + २ तहको शिक्षा पुरा गरेका विद्यार्थीलाई समकक्षताको
प्रमाणपत्र दिलाउनका लागि आवश्यक तयारी कक्षा (प्रि रिक्विजिट कक्षा) पनि सञ्चालन
गर्दै आएको छ ।
यसरी हेर्दा भद्रकाली माध्यमिक विद्यालय एउटा विशाल शैक्षिक चौतारीको रूपमा पैmलिँदै गएको बुझ्न सकिन्छ । वर्तमान सन्दर्भमा यसलाई अझै फराकिलो बनाएर राष्ट्रकै एउटा गौरवशाली शैक्षिक सम्पदाको रूपमा विकास गर्न यहाँका समस्त अभिभावक, तमाम शिक्षासेवी साथै सम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थी कटिबद्ध रहेका छन् । विद्यार्थीहरूमा ज्ञान, सिप, र प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकूल मानवीय मूल्य र मान्यता सहितका प्रतिबद्ध नागरिक तयार गर्ने अभियानमा यसले आपूmलाई इमानदारीताका साथ पुरा गर्दै आइरहेको छ । १०४ जना शिक्षक कर्मचारी भएको यो विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यममा प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म सञ्चालन भइरहेको छ । विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण अभिभावक, तमाम शिक्षाप्रेमी र समाजसेवी महानुभावहरूको सहयोगमा समग्र शिक्षण सिकाई क्रियाकलापको साथ सामाजिक सम्बन्ध विस्तार गर्ने अभियान निरन्तर रूपमा अघि बढिरहेको छ । सिकाइलाई सिपमा, सिपलाई श्रममा र श्रमलाई उत्पादनसँग जोड्दै समानता, स्वतन्त्रता र भातृत्वको भावनालाई समाजसँग गाँस्दै नेपाल सरकारको राष्ट्रिय अभियान, सम्बृद्ध नेपाल सुखी नेपाली र समाजवाद उन्मुख नेपालका शैक्षिक आधारहरू निर्माण गर्ने विराट अभियानमा यो विद्यालयले थप सफलता हासिल गर्दै अघि बढ्दै जाने प्रतिबद्धता प्रकट गर्दछौँ ।
- लोकबहादुर कार्की, अध्यक्ष
विद्यालय व्यवस्थापन समिति
0 Comments